|
२०८३ श्रावण १३
काठमाडौं : थापाथली क्षेत्रमा अव्यवस्थित विद्युत् तथा दूरसञ्चार तारका कारण आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल व्यवस्थापनका लागि पहल थालेका छन्।
घटनास्थल निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जोखिमपूर्ण अवस्थामा रहेका तार हटाउन र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबीच सहकार्य गर्न निर्देशन दिएका हुन्।
नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, सेवा प्रदायक संस्था र काठमाडौं महानगरपालिकासहितका निकायसँग समन्वय गरी तार व्यवस्थापनको काम अघि बढाइने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्