|
२०८३ श्रावण १३
काठमाडौं — नेकपा एमालेले आन्दोलनरत चिकित्सकसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीले बिरामीको स्वास्थ्य सेवामा असर पर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकार संवेदनशील बन्नुपर्ने जनाएको छ।
एमालेले जारी गरेको वक्तव्यमा चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत र शारीरिक सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ। साथै, उत्पन्न विवादको निकास संवाद र सहमतिबाट खोज्नुपर्नेमा जोड दिँदै सरकारलाई सक्रिय पहल गर्न आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्