इराकमा अमेरिका–साउदी संयुक्त हवाई कारबाही, २० भन्दा बढी लडाकु मारिएको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १३

काठमाडौं : अमेरिका र साउदी अरेबियाले इराकमा इरान समर्थित मिलिसिया समूहका अखडामाथि संयुक्त हवाई आक्रमण गरेको बताएका छन्। अमेरिकी सेनाका अनुसार यो कारबाही अमेरिकी सैनिक र साउदी ऊर्जा केन्द्रमाथि भएका ड्रोन आक्रमणको जवाफस्वरूप गरिएको हो।

इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आक्रमणमा आफ्ना कम्तीमा २० लडाकु मारिएको र ३२ जना घाइते भएको दाबी गरेको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले इरानी रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित समूहलाई लक्षित गरी पूर्वी इराकमा आक्रमण गरिएको जनाएको छ। यता पीएमएफले भने उक्त कदमलाई इराकको सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै क्षेत्रीय तनाव बढाउने कार्य भएको आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *