रक्षामन्त्री राईको तस्विरसहित शेर्पाले दोस्रो पटक सगरमाथा आरोहण गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ७

सोलुखुम्बु । नेपाल सरकारको रक्षामन्त्री माननीय मानवीर राईको तस्विरसहित दा जाङ्बु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं.९ लोखिम सफर्म निवासी शेर्पाले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन् ।

शेर्पाले गत सोमबार (जेठ ५ गते) मन्त्री राईको फोटोसहित सगरमाथाको सफल आरोहण गरेको मन्त्री राईको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री राई ०७९ को निर्बाचनमा सोलुखुम्बुबाटै प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *