महाकुलुङ गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ६

सोलुखुम्बु, असार ६ — महाकुलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का योजनाहरू तथा अन्य कार्यक्रमहरूमा संलग्न सरोकारवालाहरुलाई असार १५ भित्र वील, फरफारक तथा भुक्तानीका कागजातसहित गाउँपालिकाको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

गाउँपालिकाले महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार असार २० भित्र सबै भुक्तानी प्रक्रिया सम्पन्न गर्नुपर्ने हुँदा समयमै सम्पर्क नआएमा भुक्तानीमा समस्या उत्पन्न हुन सक्ने जनाएको छ।

साथै, असार ८ गतेदेखि २० गतेसम्म सार्वजनिक बिदाका दिनहरूमा पनि योजनासम्बन्धी शाखा तथा कार्यालयहरू सञ्चालनमा रहने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *