लिखुपिके गाउँपालिकाको बजेट सार्वजनिक: अस्पताल, कृषि र प्रशासनिक भवन निर्माणलाई प्राथमिकता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १०

सोलुखुम्बु, असार १०
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षका लागि जम्मा ३० करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको हो।

गाउँपालिकाका प्रवक्ता मनिराज बस्नेतका अनुसार, बजेटको ठूलो हिस्सा स्थानीय पूर्वाधार विकासस्वास्थ्य सेवा सुदृढीकरण तथा कृषि क्षेत्रको विस्तारमा केन्द्रित गरिएको छ।
विशेषगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ। यो भवन निर्माणले गाउँपालिका प्रशासनलाई थप प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, अस्पताल भवन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिएको छ। गाउँपालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आधुनिक अस्पताल भवन निर्माणको तयारी गरिएको बताइएको छ।

यसका साथै, कृषि क्षेत्रमा लगानी बढाउने, आधुनिक प्रविधि भित्र्याउने, कृषकहरुलाई अनुदान तथा तालिम प्रदान गर्ने लगायतका कार्यक्रम समेटिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको यस वर्षको बजेटले स्थानीय विकासमा गति ल्याउनेसेवाप्रवाह सुधार गर्ने, र आर्थिक गतिविधिमा योगदान दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *