|
२०८३ भाद्र २३
चितवन । चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढी प्रभावित परिवारका लागि आर्थिक सहयोग तथा श्रमदान गरेका छन् ।
कैदीबन्दीले सङ्कलन गरेको रकमबाट डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मञ्जन र काइयोसहितका सामग्री १२५ सेट तयार गरी सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरेका हुन् ।
रु. १०० देखि रु. २ हजारसम्म सहयोग तथा श्रमदानबाट रु. ३ लाख ६७ हजार ३६ बराबरका सामग्री तयार गरिएको हो । डसना र सिरानी भने कारागार परिसरमै निर्माण गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कैदीबन्दीबाट गरिएको सहयोग उदाहरणीय र नमुना भएको बताए । चितवन कारागारमा हाल ७५० कैदीबन्दी छन् । तीमध्ये ७०८ पुरुष र ४२ महिला रहेका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्