काठमाण्डौँ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका चीन सबन्धको नयाँ युगको प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका क्रममा भएको ऐतिहासिक वार्ताका क्रममा सिले दुई देशबिचको सम्बन्ध रचनात्मक रणनीतिक स्थायित्वमा आधारित नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुवै नेताले आगामी तीन वर्ष र त्यसपछिका लागि द्विपक्षीय सम्बन्धको नयाँ दिशा रचनात्मक रणनीतिक स्थिर सम्बन्ध बनाउने सहमति गरेका छन् ।
यो शब्दावली पहिलो पटक औपचारिक रूपमा प्रयोग गरिएको मानिन्छ । विश्लेषकहरूका अनुसार यसले पछिल्ला वर्षहरूमा तनावपूर्ण र अनिश्चित बनेको अमेरिका–चीन सम्बन्धलाई बढी व्यवस्थित, अनुमानयोग्य र नियन्त्रणमा राखिएको प्रतिस्पर्धा तथा सहकार्यतर्फ मोड्ने प्रयास सङ्केत गर्छ ।
उनले थपे, ‘यो केवल नारा मात्र होइन । दुवै पक्ष एउटै लक्ष्यतर्फ अघि बढ्ने व्यवहारिक कदम हुनुपर्छ ।’ बिहीबार ट्रम्पले बेइजिङमा सिलाई भेटेका थिए । बुधबार दक्षिण कोरियामा दुई नेताका प्रतिनिधिले एक अर्कासँग छलफल गरेपछि बिहीबार यो भेट भएको हो ।
हालसम्म अमेरिकी पक्षले उक्त बैठकबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर यो वार्तालाई व्यापार, प्रविधि, सुरक्षा, ताइवान मुद्दा तथा मध्यपूर्व तनावजस्ता विषयमा बढ्दो प्रतिस्पर्धाबिच सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्