७० वर्षे कूटनीतिक सम्बन्धको अवसरमा राष्ट्रपति पौडेल जापान प्रस्थान गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार राष्ट्रपति सहितको टोली माघ १८ देखि २१ गतेसम्म जापानमा रहनेछ।

उक्त भ्रमणका क्रममा नेपाल–जापानबीचको दीर्घकालीन मैत्री सम्बन्ध, आपसी सहकार्य र कूटनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले यो भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *