अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

काठमाण्डौँ । अमेरिका र इसराइलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको खुलेको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गरेर लेखेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका(इसराइलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएको उल्लेख छ ।

खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ।

डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरू मारिएका थिए। हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए ।

साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले बेलायती पत्रिका द गार्डियनलाई दिएको जानकारी अनुसार मोज्तबा त्यस दिन आफ्ना पिता अली खामेनी मारिएकै हवाई आक्रमणमा घाइते भएका थिए ।

५६ वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको समेत देखिएको स्रोतलाई उद्धृत गरेर सिएनएनले लेखेको छ। यसअघि इसराइली अखबार टाइम्स अफ इसराइलले अली खामेनीको हत्या प्रयासमा मोज्तबा पनि घाइते भएको जनाएको थियो ।

नयाँ सर्वोच्च नेताको रूपमा नियुक्त भएको घोषणा भए पनि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनले सार्वजनिक रूपमा सम्बोधन पनि गरेका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *