|
२०८२ कार्तिक २३
काठमाण्डौँ । सिरियाली राष्ट्रपति अहमद अल शरा अमेरिका पुगेका छन् । औपचारिक भ्रमणका क्रममा उनी शनिबार अबेर अमेरिका आइपुगेका हुन् ।
यस भ्रमणको क्रममा अमेरिकाले सिरियालाई आर्ईसआईएल (आईएसआईएस) विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल गर्ने अपेक्षा गरिएको छ ।
सिरियाको आन्तरिक मन्त्रालयले आईएसआईएल विरुद्ध देशभरमा व्यापक सुरक्षा कारबाही सुरु गरेकै समयमा उनी अमेरिकाको राजधानी वाशिङटन डीसी पुगेका थिए । गएको वर्ष अल–शरा नेतृत्वको सशस्त्र समूहहरूले दमास्कस कब्जा गरेर बशर अल–असदको सरकार ढलाएका थिए ।
अल–शराले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दैछन् । सन् १९४६ मा सिरिया स्वतन्त्र भएयता अमेरिका भ्रमण गर्ने उनी पहिलो सिरियाली राष्ट्रपति हुन् ।
अल–शराले मेमा रियादमा ट्रम्पलाई भेटेका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्