देउवालाई प्रचण्डको आग्रह– संविधानको सीमाभन्दा बाहिर नजानुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको मर्मविपरीत अभिव्यक्ति तथा निर्णय नगर्न चेतावनी दिएका छन्।

मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधानभन्दा बाहिर जाने गतिविधिले व्यक्ति र मुलुक दुवैलाई संकटमा पार्न सक्ने बताए।

उनले वर्तमान सरकारप्रति समेत असन्तुष्टि जनाउँदै लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि कार्यकर्ता आन्दोलनका लागि तयार रहनुपर्ने बताए। सरकारका गतिविधिले बेथिति बढाएको र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरिएको उनको आरोप थियो।

एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको आधार बने पनि तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिमा परिवर्तन नआएसम्म एकताको वातावरण नबन्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *