अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन संसद्‌मा विधेयक पेस

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ६

काठमाडौँ : अस्ट्रेलियाको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस गरिएको छ। बीबीसीका अनुसार उक्त विधेयक बिहीबार पेस भएको हो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने- यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउन हो।

अस्ट्रेलियाको नयाँ कानुनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। १७ पृष्ठको यो विधेयक अर्को हप्ता अस्ट्रेलियाको सिनेटमा पेस हुने सम्भावना छ। अस्ट्रेलियामा धेरै अभिभावकले यो पहललाई स्वागत गरेका छन्। सँगसँगै धेरै विज्ञले भने यस विषयमा प्रश्न पनि उठाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *