सरकारका गलत काममा प्रतिपक्षको समर्थन हुँदैन : सिद्धिकी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत गतिविधि र कार्यशैलीलाई प्रतिपक्षले समर्थन गर्न नसक्ने बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तापक्षबाट प्रतिपक्षप्रति धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै आपत्ति जनाइन्। जनताको आवाज उठाउँदा प्रतिपक्षलाई ‘गुण्डा’ जस्ता शब्द प्रयोग गर्नु संसदीय मर्यादाविपरीत भएको उनको भनाइ थियो।

उनले सरकारका गलत कामको विरोध गर्नु प्रतिपक्षको जिम्मेवारी भएको बताउँदै देश र जनताको हितमा आफूहरू निरन्तर खबरदारी गरिरहने स्पष्ट पारिन्। साथै, सिराहामा प्रहरीले चलाएको गोलीको घटनाबारे सरकारले सदनमा जवाफ दिनुपर्ने मागसमेत गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *