आज शुक्रबार, २०८२ साल पौष ४ गतेको राशिफल अनुसार विभिन्न राशिका व्यक्तिहरूको दिन फरक–फरक परिणाम लिएर आएको छ। कसैका लागि व्यापार र आयआर्जनको अवसर देखिएको छ भने कसैका लागि स्वास्थ्य र व्यवहारमा संयम आवश्यक देखिन्छ। आजको राशिफल यस्तो रहेको छः
मेष:
नयाँ अवसरको खोजीमा नयाँ सम्झौताहरू हुन सक्छन्। तत्काल लाभ नदेखिए पनि भविष्यका लागि उपयोगी रहनेछ। स्वास्थ्य कमजोर हुनसक्ने भएकाले सतर्क रहनु आवश्यक छ। शुभ रंग निलो र शुभ अंक १।
वृष:
दाम्पत्य जीवन सुमधुर रहनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ भने भौतिक साधन प्राप्तिको योग छ। व्यापारका लागि यात्रा सम्भावना छ। शुभ रंग सेतो र शुभ अंक २।
मिथुन:
अरूको स्वार्थका लागि प्रयोग हुन सकिने भएकाले सचेत रहनुहोस्। आर्थिक चिन्ता रहनेछ। बोली र व्यवहारमा संयमता आवश्यक छ। शुभ रंग केशरी र शुभ अंक ५।
कर्कट:
नयाँ ज्ञानले अध्ययन र अध्यापनमा उत्साह बढाउनेछ। समाजमा मान–सम्मान वृद्धि हुनेछ। अनावश्यक प्रतिस्पर्धाबाट जोगिनुहोस्। शुभ रंग पहेलो र शुभ अंक ४।
सिंह:
आफन्तबाट अपेक्षित सहयोग नपाइएला। भूमि वा पशुधनबाट लाभ सम्भावना छ। कार्यक्षेत्रका कमजोरी सुधार गर्ने समय हो। शुभ रंग कलेजी र शुभ अंक ३।
कन्या:
महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्नु उपयुक्त हुनेछ। भविष्यका योजनाहरू बन्नेछन् तर साथीभाइसँग असमझदारी हुनसक्छ। शुभ रंग हल्का पहेलो र शुभ अंक २।
तुला:
विचार नगरी वचन दिनाले समस्या आउन सक्छ। प्रयत्न अनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ। कला र संगीत क्षेत्रमा सफलता मिल्नेछ। शुभ रंग सेतो र शुभ अंक ३।
वृश्चिक:
रोकिएका काम पुनः सुरु हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय हो। शुभ रंग निलो र शुभ अंक ७।
धनु:
महत्त्वपूर्ण काम बिग्रनाले मन चिन्तित रहन सक्छ। स्वास्थ्यका लागि व्यायाममा ध्यान दिनुहोस्। धैर्यको कमीले समस्या आउन सक्छ। शुभ रंग रातो र शुभ अंक ९।
मकर:
समयमै सजग नहुँदा शुभचिन्तक टाढिन सक्छन्। आर्थिक पक्ष बलियो बन्नेछ। सन्तानको प्रगतिले मन खुशी रहनेछ। शुभ रंग केशरी र शुभ अंक ४।
कुम्भ:
व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च पदस्थ व्यक्तिसँग सम्पर्क बढ्नेछ। आयस्रोत बढ्ने संकेत छन्। शुभ रंग हल्का रातो र शुभ अंक ४।
मीन:
व्यवसायमा नयाँ लगानीका लागि सञ्चित रकम खर्च हुनसक्छ। सम्मान प्राप्त हुनेछ। धार्मिक स्थल भ्रमणको योग छ। शुभ रंग निलो र शुभ अंक ७।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्