काठमाडौं । बिहानैदेखि देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनीसँगै पश्चिमी वायुको प्रभावका कारण आज पनि केही भूभागमा बादल लाग्ने अवस्था रहनेछ।
बागमती प्रदेशको तराई क्षेत्रमा बिहानै केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो भने कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा बादल बढी देखिने सम्भावना छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम आंशिक रूपमा बदली रहनेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहनेछ। पश्चिमतर्फका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदलीको अवस्था रहनेछ।
यसैबीच, तराईका क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्न सक्ने भएकाले बिहानको समयमा यात्रा गर्नेहरूले दृश्यता अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्