थपिए १६०३ कोरोना संक्रमित, २७ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २०

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २७ सङ्क्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज २ हजार ५५२ संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *