|
२०७८ जेष्ठ २७
२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साथै ५९ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।
९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्