
३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,६०७ कोरोना सङ्क्रमित थपिएका छन्। साथै ३९ सङ्क्रमितको मृत्यु भएको छ।
१२ हजार ४८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ६०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १४१ जना निको भएका छन् । पछिल्लो समय दैनिक नयाँ संक्रमितको संख्याको तुलनामा निको हुनेको संख्या बढ्दै गएको देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया