सोलुखुम्बुमा एकै दिन थपिए ५१ जना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ५

सोलुखुम्बु जिल्लामा एकै दिन ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाए अनुसार मंगलबार जिल्लाको विभिन्नमा स्थानमा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा ३३ जना पुरुष र १८ जना महिला छन् । जसमा सोताङका २१ जना, नेचासल्यानका १० जना, माप्य दुधकोशीका ८ जना, महाकुलुङका ७ जना, खुम्बु पासाङ ल्हमुका ४ जना र सोलु दुधकुण्डका १ जना रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय १० पुगेका छन् । हालसम्म जिल्लामा कोरोनाका कारण एक जना पुरुष संक्रमितको ज्यान गएका छन् भने ८ जनाले कोरोना जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *