सोलुखुम्बुमा थपिए २४ कोरोना सङ्क्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २५

सोलुखु्म्बु :  सोलुखुम्बुमा थप २४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सोलुुखुम्बुका कोरोना फोकल र्पसन रामकुमार बिश्वकर्माले जानकारी दिए अनुसार १३ जना महिला र  ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।


संक्रमण पुष्टि हुनेमा जिल्ला अस्पताल फाप्लुका ३ जना स्वास्थ्यकर्मी, सोलु दुधकुण्ड नगरपालिकाका कर्मचारी र अन्य शङ्कास्पद लक्षण देखिएका  नागरिकहरु रहेका छन ।

स्वास्थ्य कार्यालयले  बिहिबार ७६ जनाको  स्वाब संङकलन  परिक्षणका गरि प्रदेश प्रयोगशाला बिराटनगर पठाइएको थियो । संक्रमित सबै होम आइसोलेसना रहेको र सबैको स्वास्थ्य अबस्था सामान्य रहेको कार्यालय जनाएको छ । यो सङ्गै जिल्लामा कोरोना संक्रमितको सख्या ४५  पुगेको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार हालसम्म  ४ जनालाई थप उपचारको लागि अन्यन्त्र रेफर गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *