|
२०७८ बैशाख १२
१२ वैशाख, काठमाडौं। गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्