पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना पोजेटिभ पुष्टि : ४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ २९

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *