शौचालय जाने क्रममा सर्पले टोक्दा एक पुरुषको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ८

काठमाडौँ : शौचालय जाने क्रममा सर्पले टोक्दा एक पुरुषको मृत्यु भएको छ।

कैलालीको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार कठरीयालाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो। सर्पले उनको दायाँ खुट्टामा टोकेको बताइएको छ।

सर्पको टोकाइबाट घाइते भएका कठरीयाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *