|
२०८२ भाद्र २९
सरकारको भुक्तानी प्रणाली आजदेखि पुनः सञ्चालनमा आएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार कर्मचारीको तलब-भत्ता लगायत अनिवार्य दायित्वहरूको भुक्तानी सुरु भइसकेको छ। राजस्व संकलन पनि पुनः सुरु भइसकेको छ भने अधिकांश भन्सार र आन्तरिक राजस्व कार्यालय सञ्चालनमा आएका छन्।
केही कार्यालयमा आंशिक वा पूर्ण क्षति भए पनि सेवा बहाली भइरहेको छ। पूँजीगत खर्च कम भएकाले अहिले चालु खर्चलाई प्राथमिकता दिइएको छ।
सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब-भत्ता पाउने भएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्