धुलिखेलमा पहिरोले अरनिको राजमार्ग अवरुद्ध, सवारी आवागमन रोकिएको

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

काभ्रेपलाञ्चोक, १८ असोज — धुलिखेल नगरपालिका–८ पकुचास्थित आँपको बोटमुनि ठूलो पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, पहिरो पन्छाउने कार्य हाल सुरु भइसकेको छ।

त्यस्तै, राजमार्गकै धुलिखेल–खावा सडकखण्डको तिरतरे धारामा समेत पहिरोसँगै ठूला ढुंगा खसिरहेका छन्।

वर्षाका कारण थप पहिरोको जोखिम रहेको भन्दै ती क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। सुरक्षाका लागि सवारी साधनहरू धुलिखेलमै रोकेर राखिएको शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *