कुबेर राईको सुमधुर स्वरमा ‘आफ्नै गाउँको ढुङ्गा प्यारो’ गीत सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ७

काठमाडौं ‌‌। बहुचर्चित गायक कुबेर राईको सुमधुर स्वरमा ‘आफ्नै गाउँको ढुङ्गा प्यारो’ गीत सार्वजनिक भएको छ ।

गीतकार उदिम किरातीको शब्द तथा पविधन खालिङको संगीतमा रहेको उक्त गीतमा जन्मदाता आमा र आफ्ना प्यारो गाउँप्रतिको माया र सद्भावलाई समेटिएको छ ।

संगीतकार – पबिधन खालिङ

“लाग्छ मलाई गाउँ र आमा उस्ताउस्तै । न्यानो माया ओत दिने घरको छानो जस्तै । हरेक साँझ सम्झिन्छु घरको तिनवटै चुलो हुन्न केहि संसारमा आमाभन्दा ठुलो” जस्ता शब्द समेटिएको गीतमा गाउँको रमाइला दृश्यहरु पनि देख्न सकिन्छ ।

गीतको अकिस्टिक नेपाल सटुडियोमा अडियो रेकर्डिङ्ग गरिएको हो भने गीतलाई पविधान खालिङको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

पूरा भिडियो : https://youtu.be/M-oaJp6P_KY

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *