नागा र समान्थाले गरे सम्बन्ध विच्छेद

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

एजेन्सी । दक्षिण भारतीय सिनेमामा निकै चर्चित जोडी नागा चैतन्य र समान्था अक्किनैनीको डिभोर्स भएको छ।

केहीदिन यता दुईको डिभोर्सको अस्पष्ट खबर बाहिरिएको थियो। तर, दुईमध्ये कसैले पनि यसलाई पुष्टि गरेका थिएनन्। शनिबार भने समान्थाले आफ्नो सामाजिक सञ्जालमार्फत् यसलाई पुष्टि गरेकी छिन्।

समान्थाले इन्स्टाग्राममार्फत् नागा र उनको सम्बन्ध छुट्टिएको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘कैयौं विचार र विमर्शपछि म र चाई (नागा चैतन्य)ले आफ्नो आफ्नो बाटो अपनाउन पतिपत्नीको सम्बन्धबाट अलग्गिने फैसला गरेका छौं।

हाम्रो एक दशकभन्दा पुरानो मित्रता हाम्रो सम्बन्धको मूल हिस्सा थियो। र, मलाई विश्वास छ, हामीबीच सधैं एउटा बन्धन रहनेछ।’

डिभोर्सको कुरा पटक(पटक आउँदा पनि नागा र समान्था चुपचाप थिए। अहिले भने आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको कुरा भएकाले मिडियाबाट टाढा रहेको समान्थाले बताएकी छिन्।

समान्था र नागाले सन् २०१७ को अक्टोबर ६ मा विवाह गरेका थिए। विवाहको चौंथो वार्षिकोत्सव मनाउनुअघि नै दुईको बन्धन टुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *