सिटिजन लाइफले विपद् उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ दियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १६

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ प्रदान गरेको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

हालैका बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार तथा राहतमा राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापनमा सहयोग गरेको बताउँदै उक्त रकमले पीडितको राहत तथा पुनर्स्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *