बाढीपीडितको पुनर्निर्माण र राहतका लागि नेशनल लाइफद्वारा १ करोड ५१ लाख सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं —  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट भएको धनजनको क्षतिपछि प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।

कम्पनीले प्रदान गरेको सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको छ।

अप्रत्याशित प्राकृतिक विपत्तिका कारण भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेशनल लाइफले उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आफ्ना कर्मचारी, अभिकर्ता तथा सम्बन्धित सबैमा आग्रह गरेको छ।

नेशनल लाइफले विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले प्राकृतिक विपत्तिको कठिन समयमा प्रभावित समुदायको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *