कामना सेवा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘अल्फा ग्रो’ निक्षेप योजना सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई लक्षित गरी नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको छ। बैंकका अनुसार यो योजना १८ वर्षसम्मका बालबालिकाका लागि हो । यस खातामार्फत् बैंकले आकर्षक खुत्रुके प्रदान गर्ने र खातावालाको रु. ५० हजार रुपैयाँसम्मको जीवन बीमा समेत बैंकले नै व्यवस्था गर्नेछ। बीमाको प्रिमियम बालबालिका १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले देशभर रक्तदान कार्यक्रम सम्पन्न गरी ४२९ पिन्ट रगत संकलन गरेको छ। साथै, अन्तर बैंक तथा वित्तीय संस्था स्तरको फुटसल प्रतियोगिता, वित्तीय साक्षरता कार्यक्रमलगायत विभिन्न गतिविधिहरू पनि आयोजना गरिएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *