|
२०८३ बैशाख २२
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १ सय ५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्