आज सुनको भाउ सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २१

काठमाण्डौँ । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन तोलामा ३ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *