तोलामा ५ सयले घट्यो आज सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १३

काठमाडौँ : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा ५०० रुपैंयाले ओरालो लागेको हो ।

हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले घटेर तोलाको ८९ हजार ३०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैंयामा बढेर १३ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ४५ रुपैंयामा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *