|
२०८२ चैत्र ५
काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो ।
महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज चाँदीको मूल्य तोलामा १ सय ४० रुपैयाँले घटेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्