बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ८

काठमाण्डौँ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८ सय ७० रुपैयाँमा झरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *