आइतबार सुनको मूल्य तोलामा २ हजार १ सयले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार १ सयले घटेको हो ।

महासंघका अनुसार आज प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *