|
२०८२ माघ २९
काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री सार्वजनिक गरेको छ। लोकतन्त्र, समावेशिता, मतदाता नामावली, मतदान प्रक्रिया, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था र राजनीतिक दलका विषय समेटेर सामग्री तयार गरिएको आयोगले जनाएको छ।
‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आयोगको वेबसाइटमार्फत सबैका लागि उपलब्ध गराइएको छ। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारी तथा नागरिक क्षेत्रका निकायहरूले यी सामग्री प्रयोग गरी मतदाता सचेतना अभिवृद्धि गर्न सक्नेछन्।
आयोगले फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्र बनाउने तयारी गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्