काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तय कार्यक्रमअनुसार आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ। यससँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।
आयोगका अनुसार भोलि उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ।
राष्ट्रियसभा सदस्यका लागि मतदान आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। यो निर्वाचनमार्फत राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुन लागेको १८ सदस्य पदका लागि प्रतिनिधि चयन गरिनेछ।
निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता सूची र मतभार यसअघि नै सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्