काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ।
केन्द्रका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार मतपत्र छापिएका छन्। कुल २ करोड ८ लाख ३ हजार मतपत्र छाप्ने लक्ष्य राखिएको छ।
यसैबीच, ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने १ करोड ९८ हजार २०० नमूना मतपत्र निर्वाचन आयोगलाई पठाइएको छ।
उता, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न वितरण गरिँदै छ। बिहान १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ४ देखि ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्