जेनजी आन्दोलनमा जोगाइएको १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकलाई फिर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

चितवन । चितवनको भरतपुरमा जेनजी समूहको आन्दोलनका क्रममा तोडफोड गरिएको माछापुच्छ्रे बैंकको एटीएमबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ आज बैंकलाई फिर्ता गरिएको छ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आगजनी तथा लुटपाट प्रयास भएका बेला प्रहरीले एटीएम सुरक्षित राखेको थियो।

सार्वजनिक उपस्थितिमा खोलेको मेसिनबाट १७ लाख ७९ हजार रुपैयाँ भेटिएको हो। उक्त रकम बैंक प्रतिनिधिलाई जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *