जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयअन्तर्गतका १४ आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन्। थप ८ कार्यालयमा आंशिक क्षति पुगेको छ।
पूर्णरूपमा क्षति पुगेका आन्तरिक राजस्व कार्यालयहरूमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा समावेश छन्। त्यस्तै, कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीमा रहेको कार्यालयमा आंशिक क्षति पुगेको छ।
भन्सार कार्यालयतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्ण रूपमा नष्ट भएका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडीका कार्यालयमा आंशिक क्षति पुगेको छ।
यद्यपि, अनलाइन प्रणाली सुरक्षित रहेकाले कर संकलन तथा भन्सार जाँचपास सेवा जारी रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौंका केन्द्रिय कार्यालयहरू भने सुरक्षित छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Blanca3151
September 12, 2025https://shorturl.fm/fsKIY