|
२०८२ भाद्र १४
माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदन पछि कार्यान्वयनमा आउनेछ।
बैंकले देशका विभिन्न भूगोल, वर्ग र समुदायसम्म समावेशी बैंकिङ सेवा विस्तार गरिरहेको छ। नयाँ शाखाहरू मार्फत कर्जा, निक्षेप लगायतका सेवा, साथै २४ घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
सेयरधनीहरूका लागि यो निर्णय उत्साहजनक रहेको छ भने, बैंकले आगामी दिनमा पनि आफ्नो सेवा दायरा अझ व्यापक बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्