कोरोना भाइरस संक्रमण दर घट्दै : पछिल्लो २४ घन्टामा ९१ जनामा मात्रै कोरोना संक्रमण पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २१

काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा थप ९१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ।

मन्त्रालयका अनुसार पीसीआरबाट ६७ जना  र एन्टिजेन विधिबाट २४  जनामा संक्रमण देखिएको हो। त्यस्तै आइतबार थप ३६२ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ। नेपालमा हाल ६ हजार ९४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *