पछिल्लो २४ घन्टामा ८४५४ जनामा कोरोना संक्रमण : ५ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १२

काठमाडौं: नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २० हजार ३५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *