पछिल्लो २४ घण्टामा ६८० जनामा संक्रमण पुष्टि : २ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ३

काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गइरहेको छ। संक्रमण दर घटेसँगै निको हुनेको संख्या बढेको छ। पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट थप ६८० जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा सोको जानकारी गराएको हो। यस्तै, सोही अवधिमा कोरोनाबाट दुईजनाले ज्यान गुमाएका छन्। 

मन्त्रालयका अनुसार ७ हजार ९५ नमूना परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको हो। 

यस्तै, मंगलबार थप १८३५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९लाख ४२ हजार ७३७ पुगेको छ। पछिल्लो २४ घन्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ। मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *