|
२०७८ फाल्गुन १५
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा थप १११ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कोरोनाबाट थप एकजनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार पीसीआरबाट ९४ जना र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण देखिएको हो
यस्तै, आइतबार थप ४१५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ।
नेपालमा हाल ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्