पछिल्लो २४ घन्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण : ३ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ७

काठमाडौं : पछिल्लो २४ घन्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २३ हजार ९२ वटा नमूना परीक्षण गराउँदा १० हजार ७०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, सोही अवधिमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा  ७६६ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६५ हजार ३७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *