पछिल्लो २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १५

काठमाडौं: नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १४ हजार ५६२ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ५ हजार ९२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमित घटेसँगै सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ। नेपालमा ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *