|
२०७८ माघ ९
काठमाडौं: नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। योसँगै कूल सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप १४१६ जना संङ्क्रमित कोरोनमुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ। यसअघि एकैदिन १० हजार बढी संक्रमित देखिँदै आएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्